चीनमा झनै डरलाग्दो बनेर फर्कियो नयाँ कोरोना : ‘एसिम्टोम्याटिक’ केस

Health-Education

कोरोना भाइरसका कारण ८२ हजार भन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै १४ लाख भन्दा धेरैमा संक्रमण फैलिएको छ । कोरोनाका कारण सारा विश्व नै कामी रहेको छ ।यसैबीच कोरोनाको उद्गमस्थल चीनको वुहानमा नयाँ कोरोना देखिएको छ । पुरानो कोरोना भाइरस फैलिएको ठाउँमा फेरी नयाँ कोरोना भाइरसको जन्म भएको भारतीय सञ्चारमाध्यम आजतकले खबर प्रकाशित गरेको छ । तर पुरानो कोरोना भाइरस भन्दा खतरनाक रहेको बताइएको छ ।

किनभने पहिलेको कोरोना भाइरसमा लक्षण भएको तर यो कोरोना भाइरसमा भने कुनै लक्षण नै फेला नपरेको बताईएको छ ।

बिना कुनै लक्षण नयाँ कोरोनाले मानिसहरुको शिकार गरिरहेको बताइएको छ । नयाँ पाइएको कोरोनामा के लक्षण लागेर मृत्यु भयो भन्ने कुरा नै पत्ता लाग्न नसकेको वैज्ञानिकहरुले बताएका छन् ।

अहिलेसम्म जाडो, खोकी, घाँटी खराब, श्वासप्रश्वासमा समस्या हुने कुरा पुरानोको लक्षण मान्ने गरिन्थ्यो । र पुरानो कोरोनासँग अहिले सारा विश्व लडिरहेको छ । तर नयाँ अवतार लिएर त्यहि कोरोना बिना कुनै लक्षणका साथ फेरी पनि चीनबाट नै शुरु भएको छ ।

पुरानो कोरोना फैलिएकै ठाउँबाट फेरी पनि बिना कुनै लक्षणका साथ नयाँ कोरोना देखा परको हो । पुरानो कोरोना भन्दा अत्याधिक खतरनाक भएर कोरोना फेरी फर्किएको वैज्ञानिकहरुले बताएक छन् ।

यो नयाँ कोरोना संक्रमणमा कुनै पनि लक्षण फेला परेको छैन, त्यसैले यस नयाँ अवतारको कोरोना भाइरसलाई एसिम्टोम्याटिक केस भनिएको छ ।

एसिम्टोम्याटिक केसको मतलब हो, कुनै पनि मानिसमा कोरोना हुनसक्ने तर त्यसको कुनै लक्षण देखा नपर्ने । यो नयाँ कोरोनाको जानकारी त्यो व्यक्तिलाई पनि हुँदैन, जसलाई संक्रमण लागेको छ । मात्र तापक्रम जाँच गर्ने मिशिनले त यो भाइरस लागे नलागेको समेत थाहा नहुने वैज्ञानिकहरुको दाबी छ ।

एसिम्टोम्याटिक कोरोनाको संक्रमण कोभिड-१९ भन्दा झनै खतरनाक रहेको वैज्ञानिकहरुको दाबी छ । किनभने नयाँ कोरोना भाइरसमा कुनै लक्षण नै देखा पर्दैन ।

संसारमा कोरोनाका जति मामिला आएका र देखिएका छन्, ति सबै सिम्टोम्याटिक केसेज थिए । उनीहरु कोरोना संक्रमित पनि थिए, तर उनीहरुमा कोरोनाको लक्षण पनि क्लियर रुपमा देखिएको थियो । र उनीहरुको पहिचान पनि सहजै गर्न सकिएको थियो ।संक्रमितहरु पनि लक्षण देखा परेपछि आफ्नो स्वास्थ्य जाँच गराउँदथे । लक्षण देखिएका कारण धेरैमा संक्रमित सर्दैन पनि थियो । तर एसिम्टोम्याटिक मामिला साम्ने आएपछि चीन सहित विश्वलाई नै खतरा भएको छ । विश्वका लागि एकमाथि लगातार अर्काे चुनौति थपिएको छ ।

चीन सरकारले हुबेईमा लकडाउन खोल्ने आफ्नो निर्णय उल्टो भएको छ । र चीनमा अचानक कोरोनाका १५४१ एीसम्टोम्याटिक मामिला देखा परेका छन् ।

लकडाउन खोलेपछि चीनमा नयाँ कोरोना भित्रिएको छ । यो सँगै कोरोनाको लक्षण समेत पत्ता लाग्न नसकेको चीनले बताएको छ ।