भारतीय प्रधानमन्त्री मोदी मास्क लगाएरै भिडियो बैठकमा

International

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य मन्त्रीहरुसँगको भिडियो बैठकमा मास्क लगाएरै उपस्थित भउका छन् । उनले शनिबार कोरोना भाइरसविरुद्ध भइरहेका कामका बारेमा छलफल गर्न देशका मुख्यमन्त्रीहरुसँगको भिडियो बैठक आयोजना गरेका थिए । मुख्यमन्त्रीहरुसँगको भिडियो अन्तरक्रियाका क्रममा उहाँ मुखमा मास्क लगाएको अवस्थामा देखिएका थिए । प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग अहिले भइरहेका कामहरुका बारेमा जानकारी लिएका प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।