भारतमा लकडाउन थपिएपछि आन्दोलन

International

ठूलो संख्यामा उत्तर तथा पूर्वी भारतका मजदुरहरु मुम्बइमा रहँदैआएका थिए । तर लकडाउन घोषणासँगै घर फर्कन नपाएर उनीहरु मुम्बइमै थुनिएका छन् । तर मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले भाषणको क्रममा मजदुरको राहतका लागि कुनै प्याकेज नल्याएपछि उनीहरु सडकमा उत्रिएका थिए ।कतिपय मजदुरहरु भने कामको ज्याला समेत नपाएको गुनासो गरेका छन् । ज्याला र घर फर्कन नपाउँदा आफूहरु भोकै रहनु परेको उनीहरुको गुनासो छ । यसअघि गुजरातको सुरत सहरमा पनि ठूलो संख्यामा आप्रबासी कामदारहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । कामको ज्याला वा घर फर्कन पाउनुपर्ने उनीहरुको माग थियो ।