प्रहरीको पम्पमा पानी मिसिएको पेट्रोल भेतिनुको रहस्य खुल्यो

Interesting

नेपाल प्रहरीको बसुन्धरास्थित महालक्ष्मी पेट्रोल पम्पमा पानी मिसिएको पट्रोल भेटिनुको रहस्य खुलेको छ । नेपाल आयल निगमका अनुसार ना ४ ख ३१५६ नम्बरको ट्याकंरमा चालक साजन कार्कीले सिल तोडेर ६३९ लिटर पानी मिसाएको पाइएको छ ।

चालकलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने निगमको थानकोट डिपो प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए । २० हजार लिटरको ट्यांकरले अन्य दुई पम्पमा तेल बाँडेपछि पुलिसको पम्पमा भर्न जानुअघि पानी मिसाएको खुलेको छ । शनिबार विहान पेट्रोल वितरण गर्ने बेला पानी मिसिएको पाइएपछि अनुसन्धान थालिएको थियो ।