
– पुरुसोत्तम प्याकुरेल ( सामसुंग कम्पनी, दोहा )
कोरोना भाइरसको महामारी सगसगै बैदेशीक रोजगारीको सिलसिलामा बिदेशमा रहेकाहरुमध्य धेरैले आफ्नो रोजगारी गुमाउनु त छदैछ तर यतिखेर म जस्ता लाखौजना रोजगारी गुम्ने भयभन्दा पनि कसरी यो महामारीबाट बच्नुका साथै कसरी सकुसल आफनो घरफर्कने भन्ने चिन्तामा छन् । किनकी दुखःको बेलामा आफ्ना मान्छे संगसगै हुनपाए, जस्तो भयानक महामारीलाइपनि जित्न सकिन्छ होला भन्ने लाग्दो रहेछ । तर फर्के लगत्तै शुरुहुने हामी जस्ताको समस्या र चुनौति भने थेगी नसक्नु छ । यसमा सबैभन्दा ठुलो चुनौति अब कसरी घर चलााउने भन्ने नै हो । किनभने बिदेशमा रहेर धेर थोर जती भएपनि महिनाको अन्तीम अथवा दोश्रो महिनाको पहिलो हप्ता पारिश्रमिक बुझने बानी परेका हामीमा त्यो आउने बाटो बन्द भईसकेको हुन्छ । साथै हाम्रा परिवारलाई पनि बानी परिसकेको हुन्छ प्रत्येक महिनाको पहिलो सप्ताह घरखर्च बुझेर केहि न केहि अरु मानिस जो नेपालमा नै मजदुरी गरी घर चलाइरहेका भन्दा धेरै खर्च गर्ने ।
राम्रै आम्दानीको अवस्थाबाट तत्काल बेरोजगारी हुँदा खर्च गर्ने बानीपरी सकेकोे परीवार एक्कासी आम्दानी बिना खर्चमात्र त्यो पनि पहिलेभन्दा धेरै हुँदा उसलाइ एक्कासी ठुलो झडका लाग्नपुग्छ र यसले गर्दा परिवाारमा आन्तरीक कलह शुरु हुनसक्छ , यस्तो अवस्थाबाट पार पाउन परिवारका सम्पुर्ण सदस्यले केही सजकता अपनाउनु पर्ने हुन्छ जस्तो हिजो १० औ हजार खर्च गरेर विलासीताका बस्तुहरु जस्तै – मोबाइल, कम्प्युटर, इन्टरनेट, गाडी, नानाथरीका लत्ताकपडा आदी किन्न लगाउने पैसा अब घर चलाउन नभई नहुने समान मात्र किन्ने र सामान्य तरीकाले जीबन यापन गर्ने कुरामा द्दृढ रहनुपर्ने हुन्छ ।
साथसाथै शहरको रहर पनि छोडने संकल्प गनुपर्नेछ किनकी आम्दानी हुने बाटो बन्दहुने बित्तीकै शहरको दैनिक खर्च उस्ले धान्न सकिदैन । तत्काल हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम भनेको कोरोनाको महामारी प्राय सबै देशमा फैलिए संगसंगै हामी फर्कदै गर्दा पहिलो कर्तव्य यहाँबाट जादा बाटोमा नसरोस भनेर साबधानी अपनाउनुपर्ने हुन्छ । किनभने कुनैपनि भीडभाड हुने सार्वजनिक स्थल अहिलेको अबस्थामा सबैभन्दा संवेदनशील स्थान हो , यसमा एयरपोर्ट पनि पर्दछ हामी त्यही बाटो हुँदै यात्रा गनुपर्ने हुँदा हामीले यहाबाट फर्कदा यो भाइरस आफुसंग लिएर जानसक्छौ, साथै फर्केलगतै २ देखि ३ हप्ता एकान्तबास ( क्वारेन्टाइन ) मा बस्ने ब्यसस्था आफैले गर्नुपर्ने हुन्छ , नेपाल सरकारले कतै अलग्गै राख्ने अबस्था छैन अहिले त सरकारले चासो दिएको छैनभने यसपछि त फर्कनेको लाइन धेरै बढ्ने हुँदा सरकारको आश गर्नु बेकार हुनेछ ।
यसमा पनि अहिलेको सरकार आफ्नै पार्टीको आन्तारिक खिचातानीमा रुमल्लिन पुगेको अबस्थामा सरकारको ध्यान यस्ता कुरा भन्दा कुर्सी बचाउने र आफना बिरुद्द लाग्नेलाई थच्याउनेमा नै केन्द्रित हुने देखिन्छ । त्यसैले आफैले बस्ने ठाउँको पहिचान यहाँबाट फर्किनु पूर्व नै गर्नुपर्ने हुन्छ । यसमा हामीले संयम अपनायनौ भने यसबाट सबैभन्दा पहिला आफनै परिवारमा हानी पु–याउन सक्दछ ।
करीव ३ हप्तापछि बिस्तारै परिवारसग घुलमील हुँदै वरपरका आफन्त तथा साथिभाइहरुसंग घुलमील हुन सकिन्छ । त्यसको लगत्तै अबको दिन कसरी चलाउने हो तत्काल त्यसका मोटामोटी खाका तयगरी त्यसको लागी काम शुरु गरी हाल्नुपर्ने हुन्छ किनकी फर्के लगत्तै कुनै नया कामको शुरु गर्न चाहिने केहि पैसा हामी आफुसंग नै हुन्छ । यसमा हामीले कतिपनि बिलम्ब गर्नुहुदैन नत्र समय बितेसगै हामीसंग भएको केहि पैसा पनि सकिन्छ र कुनै कामको निर्णय गर्न सक्दैनौ । सानो काम गर्नपनि अरुसंग ऋण लिनुपर्ने हुनसक्छ र फेरी पनि बिदेश नै जाने बाटो खोज्दै हिड्न बाध्य हुनसक्छौं । कोरोनाभाइरस वा यस्ता भाइरसको महामारी हाम्रो पुस्ताले पहिलोपटक भोग्दैछ र हामीले यसबाट सिक्दै यसबाट बच्ने उपाएहरु पहिचान गर्दै आफ्नो गाउँको माटो सुहाउदो आफ्नो भान्छाको सामग्री आफैले आफ्नै बारीमा उब्जाउन सक्ने बाताबरणको लागी चढ्नुपर्ने पहिलो खुड्किलोको पहिलो पाइला चाल्न ढिला गर्न हुदैन ।
संगसंगै र्को गर्नुपर्ने काम भनेको शहरको कुनै स्कुल वा कलेजमा पढ्दै गरेका छोराछोरीलाइ गाउँकै पाएक पर्ने स्कुल वा कलेजमा पढने बाताबरणको सिर्जना गर्न स्थानीयसंग हातेमालो र्गदै आपनो घर नजिकका स्कुल वा कलेजहरुको शैक्षिक गुणस्तरमा सुधार गर्नतिर कदम चाल्नका साथै शहरमा पाउने सुविधा गाउँस्तरमै उपलब्ध गर्न स्थानीय सरकारको ढोका ढकढक्याउने र आफ्ना बालबालिकालाई पनि शहरभन्दा गाउँमै आफ्नै परिवारसंग बसेर पढ्नुको फाईदा बारे राम्रोसंग बुझाउने, यसरी बिस्तारै स्थानीय स्तरमा भिज्दै जानुपर्दछ । किनभने हामी बिदेशबाट १० , १५ बर्ष विताएर फर्कनेहरुको लागी देश फर्केर कुनै नया काम शुरु गर्नु चानचुने कुरो पक्कै होइन । सबैथोक जिरोबाट शुरुहुन्छ , नेपालमै बसेर पनि एसएलसी पछि गाउँमा धेरै समय नबिताएका दशै तिहार जस्ता चाडपर्ब मनाउन मात्र जानेहरुलाइ पनि बिदेशबाट फर्केकाहरुलाइ भन्दा गार्हो हुनसक्छ।
अन्तमा बिदेशको आम्दानी हुन्जेल दैनिक १ हजार खर्च गर्ने परिवार दैनिक १ सय वा यो भन्दा पनि कम खर्च गर्नुपर्ने हुनसक्छ किनभने आउने बाटो बन्द हुँदा पहिला जस्तै खर्चगर्न सक्ने हैसियत गुमाइसकेको हुन्छौ । त्यसैले फालतु खर्च कटौती गर्नु पनि चुनौती हुनेछ । कतिमा फगत देखावटी खर्चगर्ने बानी पनि हुन्छ यसैबेला देखि हामीले यस्तो बानी भए हटाउने अवसर पनि पाउछौ । साथै बिदेशबाट फर्कदा आफन्तहरुलाई मोवाइल, घडी जस्ता केहि न केहि नया कुरा उपहार लग्ने चलन पनि छ । यो महामारीबाट पाठ सिक्दै मोबाइल वा घडि जस्ता इलेक्ट्रिकल सा मानको सटटा उपलब्ध भए राम्रो गुणस्तरको मास्क , सेनिटाइजर आदी लगेर दिन सके कोरोना जस्ता भाइरल सर्नबाट यसले मद्दत गर्न सक्छ । हामी जस्ता धेरैले विदेशबाट फर्कदा चकलेट बोकेर लैजाने गरेका थियौ । अब यो महामारीमा चकलेट जस्ता गुलीया चिज लादै नलानु बेस हुने देखिन्छ किनकी शरिको रोगप्रतिरोधात्मक क्षमता चकलेट जस्ता गुलीया पदार्थ खादा अझ घट्ने भन्ने कुरा विश्व स्वास्थ्य संगठन जस्ता स्वास्थ्य संस्थाहरुले भन्दै आएका छन् ।