सिरहामा राहतको विषयलाई लिएर शुक्रबार भएको झडपका क्रममा गोली चलेको छ । राहतको विषयमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । गोली ला’गेर एक जना घाइते भएका छन् । झडपका क्रममा दुवै तर्फमा करिब डेढ दर्जन घाइते भएका छन् । गोली लागेर घाइेत भएका र झडपका क्रममा घाइेत मध्य गम्भिर अवस्थाका ३ जनालाई उपचारका लागि विराटनगर लगिएको छ ।
गोली लागेर नरहा गाउँपालिकाका ५५ वर्षीय अख्तर मण्डल गम्भीर घाइते भएको सिरहा प्रहरीले जनाएको छ। उनीसँगै गम्भीर घाइते तीन जनालाई उपचारका लागि विराटनगर लगिएको छ।
आफ्ना कार्यकर्तालाई मात्रै राहत बाँडेको भन्दै कांग्रेस र समाजवादीका कार्यकर्ताले विरोध सुरु गरेपछि अवस्था विग्रिएको थियो । काँग्रेस र समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिए पछि उनीहरुमाथि नेकपाका वडाध्यक्ष पक्षले गो’ली चलाएको स्थानीयको आरोप छ।
नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले राहतको विषयमा आफ्ना वडाध्यक्षमाथि कांग्रेस र समाजवादीका कार्यकर्ताले आ’क्रम’ण गरेको जनाएका छन् । उनले गो’ली च’लेको स्वीकार गरेपनि कसले चलाएको भन्ने विषयमा भने अनभिज्ञता जनाएका छन् । झ’डपमा दुवै पक्षका करिब डेढ दर्जन घाइते भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विनोद घिमिरेले बताए।