२०७७ जेष्ठ १० : काठमाडौँ – सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक हुन् ऐन महर । नेकपामाथि आस्था राख्ने लाखौ विद्यार्थीका नेता उनले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईविरुद्ध आपत्तिजनक भाषा प्रयोग गर्दै गाली गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना गर्दै श्रद्धाञ्जली दिएका हुन् । ‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ। यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली ! ’ उनले फेसबुकमा लेखेका छन् ।