काठमाडौँ – कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताइएको औषधि हाइड्रोक्सि क्लोरो क्वीन विश्व स्वास्थ्य संगठनले बन्द गरेको छ । मलेरियाको औषधि हाइड्रोक्सिक्लोरो क्वीनको परीक्षण सुरक्षा जोखिमलाई मध्यनजर गरेर बन्द गरिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । विश्वका विभिन्न देशमा भइरहेको परीक्षण अस्थायी रुपमा बन्द गरिएको डब्लुएचओले जनाएको छ ।
जर्नल द ल्याननसेट प्रतिवेदनमा क्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढ्ने उल्लेख गरेपछि डब्लुएचओले यसको परीक्षण रोकेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार यो औषधि कोरोना भाइरसको उपचारमा प्रयोग हुने बताउँदै आएका छन् । अहिलेसम्म कुनै पनि अनुसन्धानले यो औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने प्रमाण भेट्टाएका छैनन् ।
केहि समय अगाडी भारतसंग ठुलो परिणाममा अमेरिकाले सो औशादी किनेको थोयो भने नेपाललाई भने सहयोगको रूपमा भारतले सो औषधि उपलब्ध गराएको थियो।