रुकुम पूर्वमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

News

काठमाडौं । रुकुम पूर्वमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । रुकुमपूर्वका तीन जनामा आज गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४७ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

आज गरिएको स्वाब परीक्षणका क्रममा रुकुम पूर्वकी १५ वर्षकी महिला र १८ र २३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

डाक्टर देवकोटाका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (बुधवार) मात्रै ११४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।

त्यस्तै अहिलेसम्म १८३ जना संक्रमित स्वास्थ्योपचार पछि निको भएका छन् भने ४ जनाको अहिलेसम्म मृत्यु भईसकेको छ ।