बाँदरको एक हूलले कोरोना परीक्षण गर्न लिइएको नमूना लिएर भागेपछि

Interesting

बाँदरको एक हुलले भारतको एक मेडिकल कलेजबाट कोरोना भाइरस परीक्षण गर्न राखिएका नमूनाहरू चोरेर भागेको छ । बाँदरहरूले कोरोना परीक्षण गर्न राखिएको ३ वटा नमूना आफूसँगै लिएर गएका हुन् । भारतको उत्तरप्रदेशको मेरुट मेडिकल कलेजमा शुक्रवार बिहान बाँदरको एक हुल छिरेको थियो । एक ल्याब टेक्निसियनले हातमा लिएर उभिएको ३ वटा नमूना बाँदरहरूले लिएर भागेको स्थानीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । बाँदरले नमूना लिएर भागेपछि भाइरस फैलने डरले स्थानीयहरू त्रसित बनेका छन् । स्थानीय प्रहरीले बाँदरबाट ती नमूना खोस्न प्रहरी परिचालन गरिएको बताए ।