२०७७ जेष्ठ २१ : काठमाडौँ – रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्टमा वडाध्यक्षकै नेतृत्वमा आक्रमण भएको छ। मुसिकोट नगरपालिका वडा नम्बर १३ का अध्यक्ष दीपक केसी लगायतका केहि ब्यक्तिहरुले पोष्टमा गएर प्रहरीमाथी आक्रमण गरेका हुन् ।
प्रहरीमाथी केहि स्थानीयहरुसहित पुगेका वडाध्यक्षले प्रहरीमाथी आक्रमण गर्नुका साथै कार्यालयका सामाग्रीहरु समेत तोडफोड गरेका हुन् । पोष्टमा गएर दुईजना प्रहरीमाथी हातपात गरेको, कार्यालय बाहिर राखिएका केहि कुर्सि तोडफोड गरेको र सडकको ईन्ट्री पोष्टमा राखिएका सामाग्रीहरु समेत ढालिदिएको पाईइएको छ ।