लिस्बन — पोर्चुगल युरोपमा फुटबल फेरि सुरु गर्ने अर्को देश बनेको छ । कोरोना संक्रमणको महामारीले रोकिएको प्रिमियर लिग बुधबार सुरु भएको हो ।अंकतालिकाको शीर्ष स्थानमा रहेको पोर्टो पहिलो दिन नै फामालिकोसँग २–१ ले पराजित रह्यो । दोस्रो स्थानको बेनफिकाले बिहीबार टोन्डेलाको सामना गर्दै छ ।लिग तालिकाको दोस्रो स्थानमा रहेको बेनफिका पुरानो प्रतिद्वन्द्वी पोर्टोभन्दा एक अंकले मात्र पछाडि छ । उसका सामु अब शीर्ष स्थान कब्जा गर्ने अवसर हुनेछ ।बुधबारकै अर्को खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको पार्टिमोनेन्सले गिल भिन्सेन्टलाई १–० ले हराउँदै रेलिगेसनबाट बच्ने सम्भावना जीवन्त राख्यो ।