एकाविहानै नेपाली आकाशमा शंकास्पद चिनियाँ जहाज

News

कोरोना संक्रमण न्यूनीकरणका लागि नेपालमा हवाई उडानमा तत्कालका लागि रोक लगाइए पनि आइतबार विहान चिनियाँ जहाजले फन्को मारिरहेपछि यसबारे सर्वत्र चासो उत्पन्न भएको छ । लकडाउनको समयमा नेपाली आकाशमा शंकास्पद तरिकाबाट चिनियाँ जहाज उड्दा सर्वत्र चासो परेको हो ।

सगरमाथा क्षेत्रमा विहानैदेखि चिनियाँ जहाजले कयौं पटक फन्को मारेपछि सर्वसाधारणमा चासो र आशंकका जन्माएको छ । नेपाल–भारत र चीनबीच सिमानाका विषयमा तनाव उत्पन्न भइरहेको पृष्ठभूमिमा नेपालको संवेदनशील क्षेत्रमा चिनियाँ जहाजले गातार फन्को मारिरहेको देखिँदा आशंका बढाएको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भने सगरमाथाको सर्भेका लागि चिनियाँ जहाजले उडान भरेको बताइएको छ।

नागरिक उड्डयन प्राधिकरणले चीनद्वारा सर्भेका लागि उडानको स्वीकृति लिएकाे उल्लेख उल्लेख गरेको छ।
साथै आज केही मात्रामा औषधि ढुवानीलगायतका अत्यावश्यक कार्यका लागि आन्तरिक उडान पनि भइरहेको छ । यद्यपि, चार्टर्ड उडानमा भने सरकारले रोक लगाएको छ ।