नकचरो सरकार !!!

News

काठमाडौँ २०७७ जेठ २५ : मित्र राष्ट्र म्यानमारबाट र संयुक्त अरब इमिरेट्सबाट केहि नेपाली घर फर्किएका छन्। ति नेपालीहरु घर फर्किंने खबर आउँदा ओहो नेपाल सरकारले पनि उद्दार गर्न थालेछ आफ्ना नागरिकलाई भने झैँ आम नेपालीलाई लागेको थियो। समाचारहरु पनि त्यस्तै प्रकृतिका थिए। तर वास्तविकता फरक थियो , म्यानमार सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई म्यानमार लिएर जान आफ्नो बिमान काठमाडौँ जाने भएकोले म्यानमारमा रहेका नेपालीलाई सित्तैमा नेपाल ल्याइदिएको रहेछ। त्यस्तै संयुक्त अरब इमिरेट्सले त नेपालीलाई फिर्ता ल्याइदिने प्रस्ताब गरे अनुसार ल्याइदिएको रहेछ, अनि त्यहि नेपालीहरुलाई भाषण  ठोक्न चाहिं हाम्रा मन्त्रि पुग्छन् ताम झाम सहित…………

अचम्मको कुरा भुटान जस्तो सानो मुलुकले आफ्नो दुइ नागरिक उद्दार गर्न चार्टर गरेर बिमान पठायो। तर ना महामारीमा १० अर्ब खर्च भैसकेको विवरण देखाउने निर्लज्ज सरकार भने अरु देशलाइ गुहारीरहेका छन्। स्मरण रहोस देशको अर्थतन्त्रको प्रमुख हिस्सा रेमिट्यान्सले नै धानेको छ , यहि देश धान्ने युवाहरु बचाउन भने सरकारसंग ठोस योजना छैन। यस्तो जटिल परिस्तिथिमा आफ्ना नागरिक प्रति जवाफदेही हुन पर्ने सरकार एमसिसि, भ्रस्टाचार र सत्ताको खेलमा लिप्त छ। लकडाउन बाहेक गतिलो उपाय यो सरकारले निकाल्न सकेको छैन। अझ रोचक कुरा त यस्तो परिस्तिथिमा मिति तोकेर कर तिर्न जनतालाई उर्दी जारि गरेको छ यो सरकारले। महामारी बीच अरु देशले आफ्ना नागरिकलाई आर्थिक सहयोग गरिरहेको छ , अर्थतन्त्रमा सरकारले क्यापिटल इन्जेक्त गर्नुपर्ने बेलामा हाम्रा महामहिम अर्थमन्त्री जनतालाई नै उल्टो कर तिर्न भन्दैछन् , मन्त्रीहरु जाम कि क्या हो जिमखाना भन्दै जिमहल निर्माणमा लागेका छन् , महामहिम रास्त्रपतिको त कुरै छोडौ वहाँलाई त यहि बेलामा कार्पेट फेर्नु परेको छ , बाथरूम सजाउन परेको छ, दुइ छाक खान नपाएका थुप्रै नेपालीहरु छन् , हाम्रा प्र.म भने स्वस्थ खाउ रोग प्रतिरोधात्मक शक्ति विकास गरौँ भन्छन्

नकचरो सरकार !!!

-छुच्चो मुख

https://www.facebook.com/ChhuchhoMukh/