रूपन्देही सामुहिक हत्या : पाँचै मृतकको पहिचान, हत्यारा पक्राउ

News

काठमाडौँ – रूपन्देहीमा भएको सामूहिक हत्याकाण्डका मृतक सबैको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा सात वर्षका करण चौधरी, १७ वर्षका आशिष चौधरी, ३५ वर्षका जानकी मुसहर, ४० वर्षका माधव मुसहर र १४ वर्षका पोषराज मुसहर रहेका छन् । हत्यामा संलग्न सुर्खेतका धसेन्द्र सिंजालीलाई प्रहरीले पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।