संशोधन विधेयक सर्वसम्मतीले स्वीकृत

Politics

काठमाडाैं, २७ जेठ । नेपालको नयाँ नक्सा सहितको निशान छाप राख्न सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृती भएको छ।

संविधान संसोधन विधेयकको स्वीकृतीसँगै निशाना छाप सच्याउन संशोधनका लागि प्रक्रिया अगाडि बढेको छ। जेठ १८ गते सरकारले ल्याएको संशोधन विधेयक माथि संशोधन गर्न सांसदहरुले ७२ घण्टाको समय पाएकाछन्।

त्यसअघि प्रतिनिधिसभामा सांसदहरुले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन विधेयकको समर्थनको घोषणा बैठकमा गरेको थियो। त्यसैगरी, तराई-मधेस केन्द्रीत दुई दल राजपा र समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टीले पनि संशोधनको समर्थन गरेको थियो।