काठमाडौँ – नेपालमा पछिल्लो २४ घन्टामा २७९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये ६७४ जना डिस्चार्ड भएका छन्, भने १५ जनाले ज्यान गुमाएका छन् ।
सरकारले पछिल्लो समय पिसिआएर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआरबाट परीक्षण गरिएको छ ।