काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा रोग डनिंग-क्रुगर इफेक्ट (अजासु प्रवृत्ति) देखिएको बताएका छन् ।
उनले भने, “प्रम ओलीको सबभन्दा ठूलो रोग डनिंग(क्रुगर इफेक्ट (अजासु प्रवृत्ति) नै देखियो । संसदमा उभिएर पटकपटक उही दिव्य उपदेश ! कोरोनाले मर्नेहरू अरू कुनै कारणले मरेका रे ! क्वरेन्टीनमा बस्नेहरूको यत्रो विजोग,परीक्षणको अभाव, विदेशबाट फर्कनेहरूको कन्तविजोक जगजाहेर छँदाछँदै सबै ठीकठाक रे !”