काठमाडौं – सरकारले मदिरा सेवनबाट मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको सिफारीसमा सरकारले मदिरासेवनबाट गत गत वर्ष चैत्रमा मृत्यु भएकाको परिवारलाई २४ लाख रुपैयाँ छुट्याएको हो ।
हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिएका हुन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया भवाडीमा घरेलु मदिरा पिउँदा ३ महिनाअघि १२ जनाको मृत्यु भएको थियो ।