काठमाडौं । मलेसियामा रहेका १ हजार ५ जना नेपाली पहिलो चरणमा घर फर्किन चाहेका छन् ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स मार्फत उनीहरुलाई नेपाल ल्याउन लागेको दूतावासले जनाएको छ । साथै नेपाल आउने सूचीमा परेकाहरुले ५२० अमेरिकी डलर टिकट काट्न सक्ने दूतावासले जनाएको छ ।
दूतावासका अनुसार जुन १८ र २१ मा हिमालय एयरलाइन्सले क्वाललम्पुरबाट उडान भर्नेछ । भने जुन १५ र २० तारिखमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ ।

