काठमाडौँ – राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको बिहीबार निधन भएको छ ।
तत्कालिन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो । उनको पारिवारिक स्रोतका अनुसार उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या थियो ।
उनकी भतिजी तथा बशुन्धरा बिक्रम शाहकी छोरी ज्योती सिंह शाहबाट उनको निधन भएको पुष्टि भएको हो । राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो ।
उनको पुन्च काश्मिरका तत्कालिन राजासँग नलिनीको बिहे भएको थियो। त्यसपछि उनी भारतमै बस्दै आएकी हुन् । उनका दुई छोरा र तीन छोरी छन् ।
राजा त्रिभुवनका सात सन्तान – महेन्द्र, हिमालय, बसुन्धरा, त्रैलोक्य, विजया, भारती र नलिनी– मध्ये अब भारती मात्र जीवित छन् । तत्कालिन राजकुमारी भारतीको पनि भारतकै एक राजकीय परिवारमा बिबाह भएको हो।