निजी प्रयोगशालालाई पनि पिसिआर परीक्षण गर्न अनुमति

Health-Education

काठमाडौँ – सरकारले निजी प्रयोगशालामा समेत पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमित  दिएको हो ।

निजी प्रयोगशालाले सरकारले संकलन गरेका स्वाबका नमुना मात्र परीक्षण गर्न पाउनेछन्। हाललाई निजीका लागि ५ हजार ५ सय शुल्क निर्धारण गरिएको मन्त्रालय जनाएको छ ।

मन्त्रालयले अहिले निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने छ। उक्त परीक्षण गरे बापतरको रकम सरकारले निजी प्रयोगशालालाई उपलब्ध गराउने छ । त्यसका लागि प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणित गरेको हुनुपर्ने बताइएको छ ।

मन्त्रालयको नियमित बिफ्रीङमा प्रवक्ता डा जागेश्वर गौतमले पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पिसीआर परीक्षण गराउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।