रुकुम हत्याकाण्ड : हत्या गरेर भेरीमा फालेको प्रहरीको निष्कर्ष, २९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

News

काठमाडौँ – रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा २९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।

आइतरबार सरकारी वकिल कार्यालयले २९ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको हो । २९ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत मुद्दा लगाइएको श्रोतले  जानकारी दिए ।

सो मुद्दामा युवती, उनका बुबाआमा, वडाध्यक्षसहित चौरजहारीका २९ जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीले मृतक ६ जनालाई नै गाउँलेले कुटेर बेहोस् अवस्थामा खोलामा फालेको निष्कर्ष निकालेको श्रोतले जनाएको छ ।

‘पोष्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धानले बेहोस् बनाएर फालेको हाम्रो ठहर हो’, श्रोतले भन्यो ।  जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन १८ जना चौरजहारी पुगेका थिए ।