काठमाडौँ – चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ ।
देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १ सय ८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । एउट भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ ।
स्थानीय समय अनुसार बेलुका ४ः ४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका छन्। विस्फोट भएको ट्याङ्कर ट्रकमा ग्यास ल्याइएको थियो ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारी अनुसार छेझिङ प्रान्त अन्तर्गत पर्ने संघाईको शेन्याङ—हाइकोउ राजमार्ग दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई उपचारका लागि छ ओटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।