नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

Health-Education

काठमाडौँ  –  नेपालमा  आज  थप ५ सय ८६  जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७  हजार १ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५८६  जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो । कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो ।

डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ५  हजार ९ सय ९० जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म १ हजार १ सय ६७  जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० जना रहेको छ  ।