बर्दियामा थप ३१ जनामा कोरोना संक्रमित पुष्टि

Health-Education

काठमाडौँ  – बर्दियाका तीन स्थानीय तहमा एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा बर्दियाका ३१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १९ सयनजिक पुगेको छ । प्रदेश ५ मा ११ सय ७० जना संक्रमित उपचारमा रहेका, ६ सय ८३ जना निको भएका र ९ जनाको मृत्यु भएको छ ।