महोत्तरीमा लागुऔषध अफिमसहित तीनजना पक्राउ परेका छन् । पूर्वपश्चिम लोकमार्गमा अन्तर्गत महोत्तरीको बर्दिबाँस नगरपालिका वडा नं. १ बाट तीनै जनालाई नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
तीनै जनालाई अफिम बेचबिखन गर्दै गरेको अवस्थामा ना ४० प ६१५७ नम्बरको मोटरसाइकलसहित करिब २ केजी लागुऔषध अफिमसहित पक्राउ गरिएको प्रवक्ता विष्टले जानकारी दिए ।
पक्राउ पर्नेमा धादिङ जिल्लाको बिनिघाट रोरांग गाउँपालिका वडा नं. १ का ४५ वर्षीय विरबहादुर तामाङ, दुर्गाबहादुर तामाङ र सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं. ५ का धनपत यादवलाई १ केजी ९५० ग्राम अफिमसहित लागुऔषध नियन्त्रण व्युरो वीरगंजबाट खटेको टोलीले विशेष सुराकको आधारमा तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए।