भक्तपुरमा ७ जना महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा आज भेटिएका कोरोना सात जना कोरोना संक्रमित महिलाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेकी छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरु कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।