आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एयरलाइन्सको जहाज नेपाल आएको छ ।
एच-९ ५६७२ नम्बरको उडानमार्फत् यूएईको समयअनुसार आइतबार बिहान ४ बजेर २० मा जहाज काठमाडौंका लागि उडेको थियो ।
नेपाल फर्कन तयारी रहेको कोरोना परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ ।
पोजिटिभ देखिएका आजको उडानमा स्वदेश फर्कन नदिएको यूएईस्थित नेपाल दूतावासले जनाएको छ । उनीहरूको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमार्फत् स्वदेश फर्काइने दूतावासले जनाएको छ ।
जहाजमा २ जना नाबालकसहित २६ महिला र १ सय २३ जना पुरुष छन् । नेपाल फर्किनेमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरू रहेका दूतावासले जनाएको छ ।
त्यस्तै, केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् । यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिरहेको छ । यूएई सरकारले स्वदेश फर्कनेहरूको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको छ ।