इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएपछि उपाधिका लागि अझै केही समय पर्खिनुपर्ने भएको छ । एभर्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पाएको केही मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।
लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको च्याम्पियन बन्ने दाउमा रहेको छ । लिभरपुललाई उपाधि जित्न ५ अंकको आवश्यक छ । लिभरपुलसँग बराबरी गर्दै अंक बाँडेपछि एभर्टन १२औं स्थानमा छ । लिभरपुलले भने दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी २३ अंकमा झारेको छ ।
गएराति नै भएको खेलमा चेल्सीले एष्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलमा एष्टन भिल्लाले बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार भोग्न बाध्य भयो । गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेडलाइ ३–० गोल अन्तरले पराजित गर्यो ।