बढ्दै अचम्मलाग्दा चोरीका घटना

Interesting

नगद, गरगहना चोरीका दैनिक घटना अहिले कोरोनाका कारण शून्यमा झरेको छ तैपनि चोरीका सूचना प्रहरीकहाँ पुग्ने क्रम जारी छ ।

तर, चोरीका विषयहरु सुन्दा पनि अचम्मलाग्दा छन् ।

‘सुकाएर राखेको लुगा, भर्खर किनेर ल्याएको तरकारी, टायर, मोटरसाइकलको हेल्मेटजस्ता प्रायः चोरी नहुने, भए पनि खबर नआउने सामानहरु हराएको चोरी भएको कुराहरु अहिले यत्रतत्र सुन्न पाइन्छ। यी खबरहरुलाई गहिरिएर सोच्ने हो भने राजधानीका अति विपन्न क्षेत्र र समुदायमा चाँडै भोकमरी शुरु हुने खतरा छ किनभने, मान्छे जब सुकाएको लुगा र अरुले किनेर ल्याएको तरकारीसमेत चोर्ने अवस्थामा पुग्छ, यसको हुन्छ कि, खाने समस्या बढ्यो ।

चोरीका यस्तै घटना आजकल सुन्धारा, खुशीबु टाउन प्लानिङ, नयाँबजार, नील सरस्वतीस्थान (लाजिम्पाट) तिर पनि देखिन/ सुनिन थालेका छन् ।