राष्ट्रिय सभाले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले, “अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो विधेयक) २०७६” र “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका छन् । राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान ११ बजे बोलाइएको छ ।