निरिह बन्दै सरकार , जनताको स्वास्थ्यमाथि खेलबाड

Health-Education

‘काठमाडौं आउँदा तुरुन्त पीसीआर परीक्षण गर्नुपर्दैन, १४ दिन होम क्वारेन्टाइनमा बस्नु’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा बोल्दै बाहिर जिल्लाबाट काठमाडौं उपत्यकामा आउने व्यक्तिले १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन् ।

गौतमले सबै किसिमका भेला तथा जमघटहरुमा कम्तिमा २ मिटरको दुरी अनिवार्य रुपमा प्रयो गर्ने, घर बाहिर निस्किँदा सर्जिकल मास्क वा तीन तह भएको कपडाको मास्क प्रयोग गर्नुपर्ने बताए ।