काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुदूरपश्चिमका तीन सांसदहरूलाई जनकारवाही गर्ने चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टी कैलालीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र नेकपा प्रतिनिधिसभा सदस्य नारदमुनि रानालाई जनकारवाही गर्ने चेतावनी दिएको हो ।
देउवा र मन्त्री भट्टको घर पुगेर निवासको गेटमै विप्लवका कार्यकर्ताले जनकारवाही गर्ने पत्र टाँसेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारवाही गर्ने चेतावनीसहितको पत्र टाँसेका हुन् । घरमा परिवार सदस्यसँग सम्पर्क हुन नसक्दा पत्र गेटमै टाँसिएको नेकपा स्रोतले जनाएको छ ।
विज्ञप्ति निम्न अनुसार रहेको छ :


