पोखरा र लमजुङमा पनि देखियो सलह

News

नेपालमा शनिबारदेखि भित्रिएको सलह किरा पोखरा र लमजुङको सुन्दरबजारमा पनि देखिएको छ ।   बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दर बजारमा सलह देखिएको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

महतगौंडाका किसानले सलह देखिएको भन्दै बिहान ७ बजेतिरै पोखरा महानगरपालिकामा जानकारी गराएका थिए ।  अहिले ८-१० वटाको समूहमा मात्र देखिएको हो । यति सानो समूहले ठूलो असर गर्न सक्दैन,’ कृषि तथा सहकारी मन्त्रालयका वागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवालीले भने, ‘हावाको गति र पानीका थोपाका कारण छुटिएर सानो सलहको संख्या यता आएको हुन सक्छ ।’