स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडसंग २–२ गोलको बराबरी खेलेको छ । डिएगो कोस्टाको आत्मघाती गोलसंगै बार्सिलोनाले १२ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा फर्काएका थिए । लियोनल मेस्सीले ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए । तर, ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए ।
बराबरीको नतिजासंगै उपाधि होडमा रहेको बार्सिलानालाई गम्भीर धक्का लागेको छ । उसले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर पनि गुमाएको छ । गएराति घरेलु मैदानमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको हो । लियोनल मेस्सीले ७ सय गोल पार गरेको खेलमा बार्सिलोना जित निकाल्न भने असफल रह्यो । बार्सिलोनाको ७० अंक भएको छ । शीर्ष स्थानको रियलको ७१ अंक छ । एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिड भन्दा एक अंकले पछि परेको छ ।