मुटुको जाँच गराएर फर्किए प्रधानमन्त्री ओली

Politics

प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएर फर्कनुभएको छ । प्रधानमन्त्रीले नियमित रूपमा मुटुको जाँच गराउँदै आएको र आज पनि सोही प्रक्रियाअनुसार गंगालाल अस्पताल गएर जाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बुधबार बिहान पार्टीका नेता र मन्त्रीहरूसँग पछिल्लो राजनीतिक विवादबारे छलफल गर्नुभएका प्रधानमन्त्री ओली ११ बजे पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको थियो । त्यसपछि उहाँ संसद बैठकमा जानुभएको थियो । प्रधानमन्त्रीले फागुनको तेस्रो साता दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएको थियो ।