थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या १४ हजार ५१९

Health-Education

नेपालमा  बिहिबार थप ४ सय ७३  जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ५  सय १९  पुगेको छ । आज संक्रमण पुष्टि हुनेमा १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ४७३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा १० हजार १ सय ३७  जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ६ सय ६४  जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ५  हजार  ३ सय २० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ जना रहेको छ  ।

आजसम्म पीसीआर विधिबाट २ लाख ३७  हजार ७ सय ३४ जनाको कोरोना परीक्षण भएको छ ।