१३ महिने शिशुलाई कोरोना संक्रमण

Health-Education

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार कोरोना पुष्टि भएको उनलाई गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो। कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।

अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने सामान्य रहेको बताए । यसअघि कान्ति अस्पतालबाट अन्य धेरै शिशुलाई कोरोनाको शंका गर्दै स्वाब पठाइए पनि संक्रमण पुष्टि भएको यो पहिलो केस हो।