नेकपाको आन्तरिक विवादमा मुछिइन् राष्ट्रपति, प्रचण्ड र माधव महाअभियोग लगाउने तयारीमा

Politics

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बढ्दो विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको संलग्नता रहनु संवैधानिक मर्यादा विपरित भएको विज्ञहरुले बताएका छन् । राष्ट्रपति जस्तो सम्मानित पदमा रहेको आलंकारिक व्यक्तिले पार्टी र सरकारका काम कारवाहीमा चासो दिएर गोप्य छलफलमा सहभागी भएको भन्दै नेकपाकै नेताहरुले समेत आलोचना गर्दै आएका छन् ।

पछिल्लो समय कार्पेट प्रकरण, हेलिकप्टर प्रकरण लगायतका विषयमा आलोचित हुँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीका बैठक र गुटगत भेलामा पनि सक्रिय देखिएको भन्दै आलोचना सुरु भएको छ । संविधानले नै राजनैतिक प्रशासनिक सक्रियतालाई बन्देज लगाएको अवस्थामा राष्ट्रपतिले आन्तरिक चलखेल सुरु गर्नु गलत भएको विज्ञहरु बताउँछन् ।

संविधानको धारा ६१ मा नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नु, संविधानको पालना र संवर्धन गर्नुलाई राष्ट्रपतिको प्रमुख भूमिकाका रुपमाउल्लेख गरिएको छ । तर, साझाभुमिकामाहुनुपर्ने राष्ट्रपतिले नेकपाका नेताहरुसँग छलफल र गोप्य भेटघाटलाई बढाएकी मात्रै छैनन् गतहप्तामात्रै नेताहरुका लागि रात्रिभोजको आयोजना समेत गरेकीछिन् । नेकपाको एकताप्रकरण सुरु भएदेखि राजनीतिक चलखेलको आरोप सहदैँ आएकी राष्ट्रपति भण्डारीले नेकपाका अध्यक्ष केपीओली र पुष्पकमल दाहाललाई शितलनिवासमै पटकपटक भेट गरिसकेकी छिन् । दलीय प्रभावमा लागेर संवैधानिक मर्यादा र आचरणलाई भुल्दा राष्ट्रपति जस्तो सम्मानित संस्थामा आँच आउनसक्ने कतिपयको बुझाई छ ।

पार्टीको कामकारवाही र सरकारी नियुक्तीमा समेत चासो र चिन्तागर्दै आएकी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँगको भेटलाई पनिउत्तिकै बाक्लो बनाएकी छिन् । आलंकारिक राष्ट्रपतिले क्षेत्राधिकार बाहिरको काममा चासो दिनुभन्दा आफ्नो पदीय मर्यादालाई ख्याल गरेर भेटघाट र छलफल अघि बढाउनुपर्ने विज्ञहरुको सुझाव छ । तर, जनस्तरमा भएको आलोचनाको बावजुदपनि राष्ट्रपतिको रवाफ र हस्तक्षेपमा भने परिवर्तन आउनसकेको छैन ।