ओली र दाहाल छलफल सकियो

Politics

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ ।

प्रधानमन्त्रीसँगको छलफल सहमति जुटाउने विषयमा केन्द्रित थियो । रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले बैठकमा सहजीकरण गरेका थिए ।

ओलीलाई भेट्नुअघि दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटेर पार्टी फुटाउने किसिमले कुनै पनि अध्यादेश नल्याउन सचेत गराएका थिए ।