Gyanendra

‘राजा आउ देश बचाउ’ भन्दै काठमाडौँमा प्रदर्शन

Politics

मंगलवार सरकारको विरोध गर्दै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा युवाहरुले नारा जुलुससहित प्रदर्शन गरेका छन् । सयौंको संख्यामा राजा आउ, देश बचाउ भन्दै पुर्व राजा ज्ञानेन्द्रको फोटो सहित ब्यानर बोकि राजा समर्थकहरु सडकमा निस्किएका छन् ।आज पुर्व राजा ज्ञानेन्द्रको जन्मदिनको अवसर पारेर उनका समर्थकले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाउँदै विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । उपत्यकाको  गोगंबु नयाँ बसपार्क, बसुन्धरा, महाराजगंज लगायतका ठाउँहरुमा नारा जुलुस निकालिएको छ ।