देउवा र जनता समाजवादीका नेताबीच भेट

Politics

जनता समाजवादी पार्टीका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । भेटघाटमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । करिब एक घण्टा सभापति देउवासँग जसपा नेताहरूको भेटवार्ता भएको सभापति देउवाका सहयोगी भानु देउवाले बताए ।