नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेले क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
गृह मन्त्रालयमा आज बिहान आयोजित एक कार्यक्रममा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । सरकारले क्षेत्रीलाई २३ असारमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
३० वर्षे सेवाअवधिका कारणले निवर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले हिजोदेखि अनिवार्य अवकाश पाएपछि सरकारले क्षेत्रीलाई आईजीपी नियुक्त गरेको हो ।
निवर्तमान आईजीपीको हिजो प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बिदाई गरिएको छ । नवनियुक्त आईजीपीको अहिले प्रहरी प्रधान कार्यालयमा स्वागत भइरहेको छ । उनले आजै कार्यभार सम्हाल्ने छन् ।