केही दिनअघि नेकपाका दुई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेकि चिनियाँ राजदूत होउ यान्छीले विहीवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटर्वार्ता गरेकि छिन् ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला राजदूत यान्छीले सत्तारुढ दलका नेताहरुलाई बेग्लाबेग्लै भेटिरहेकि छिन् । उनको सक्रियतालाई लिएर दिल्लीसम्म चर्चा चुलिएको छ । भारतीय मिडियाले निरन्तर अफवाहमुलक समाचार प्रकाशित गरिहेका छन् । तरपनि यान्छीले आफ्नो भेटघाट रोकेकि छैनन् ।