बिरामीलाई आईसीयूमै यौन दुर्व्यवहार : ३ जना पक्राउ

Crime

आईसीयूमा उपचार गराइरहेकी १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ लिएको छ ।

पक्राउ पर्नेमा  हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । स्वास्थ्यकर्मीले लुगा फेर्ने बहानामा आफूलाई दुर्व्यवहार गरेको युवतीले आरोप लगाएकी छन् ।  प्रारम्भिक अनुसन्धानपछि आएको निष्कर्षको आधारमा नै कारबाही प्रक्रिया अघि बढाइने वीरगञ्ज प्रहरीले बताएका छन् ।