अस्ट्रेलियामा चारजना नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

International

अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय क्षेत्रमा वसोवास गर्दै आइरहेका चारजना नेपाली विद्यार्थीलाई कोरोना संक्रमण देखिएको छ । संक्रमित विद्यार्थीहरू घरमै ‘सेल्फ आइसोलेसन’मा बसिरहेका छन् ।

यसअघि अस्ट्रेलियामा ११ जना नेपालीलाई कोरोना संक्रमण देखिएकोमा सबैजना निको भइसकेका छन् । यतिवेला भिक्टोरिया राज्यको ग्लेनरोय लगायतका क्षेत्र लकडाउनमा हुनुका साथै कोरोना संक्रमणका दृष्टिले ‘रेडजोन’ मा पर्दछ ।