ठोरीको सीता गुफा क्षेत्रको सीमा-स्तम्भ फालियो : ‘भारतीयले उखेले’को स्थानीयको आरोप
प्रधानमन्त्री ओलीको अभिव्यक्ति पछि चर्चामा आएको ठोरीको सीता गुफा रहेको सुमेरु पहाडमा गाडिएको पिलर (सीमा स्तम्भ) उखेलेर फालिएको छ।
पर्साको ठोरी गाउँपालिका–२ मा पर्ने सीता गुफा रहेको पहाडको शिरमा नेपाल र भारत सीमा छुट्याउन गाडिएको ४३६ नम्बरको पिलर, शनिवार उखेलेर त्यहाबाट भारत तर्फको भूभागमा फालिएको अवस्थामा भेटिएको हो।
सीता गुफा रहेको पहाडको शिरमा रहेको ४३६ नम्बरको पिलर गाडिएको स्थान भन्दा ५ मिटर भारत तर्फको भूभागमा फालेको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिए।
पिलर उखेलेर फालिएको खबर पाएलगत्तै शनिबार साँझ त्यहा पुगेका सशस्त्र प्रहरी निरीक्षक दाहालले भने, ‘ शनिवार दिउँसो साढे १२ बजे पुग्दा पिल्लर गाडिएकै ठाउँमा दुरुस्त थियो, तर अहिले आएर हेर्दा उखेलेर भारततर्फ फालिएको अवस्थामा भेटियो, यस विषयमा अनुसन्धान गरिरहेका छौँ।’ दाहालका अनुसार पिलर उखेलेर फालिएको विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको छ।
ठोरीका स्थानीयले भने प्रधानमन्त्रीको अभिव्यक्तीपछि सीता गुफा एकाएक चर्चामा आएपछि भारतीय सुरक्षाकर्मीले उक्त स्थान आफनो भूमीमा पार्ने नियतले सीमाको पिलर उखेलेर फालेको हुन सक्ने बताएका छन्। प्रहरीले भने पिलर कसले फालेको हो भनेर पुष्टि गरिसकेको छैन।
घटनास्थलको दृश्य
Gepostet von Umesh Ukg am Samstag, 18. Juli 2020