वाराणसी। उत्तर प्रदेशको वाराणसीमा नेपाली नागरिकललाई जबरजस्ती मुंडन गरिएको केसले शनिबार नयाँ मोड लिएको छ। कथित नेपाली युवक भारतीय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनको नाम धर्मेन्द्र सिंह बताईएको छ। उनि एक साड़ीको स्टोरमा काम गर्छन । एसएसपी अमित पाठकका अनुसार लॉकडाउनले निम्त्याएको आर्थिक कथिनाइका कारण संस्थाका सदस्यहरूको १००० रुपैयाको लोभमा उनले संस्थाका सदस्यले भनेको जस्तो गरेका रहेछन।
घटना सार्वजनिक भएपछि विश्व हिंदू सेनाका संस्थापक अरुण पाठक लगायत संस्थाका अज्ञात कार्यकर्ताहरू बिरुद्ध केस गज गरिएको छ। घटनाको गाम्भीर्यतालाई मध्यनजर गर्दै यूपीका डीजीपी एचसी अवस्थीले वाराणसीका सिनियर अफिसरलाई घटनाको सत्य तथ्य जांच गर्न आदेश दिएका छन्। आदेश पाउनासाथ प्रहरीले अपरेसन थालेको छ र हालसम्म सन्तोष पाण्डे, राजू यादव , अमित दुबे र आशिष मिश्रा पक्राउ परिसकेका छन् । तर घटनाका मुख्य आरोपी अरुण पाठक अझै फरार रहेका छन्। केस भेलूपुर थानामा दर्ज गरिएको छ।
मोदीको निर्वाचन क्षेत्रमा नेपाली युवकको कपाल मुन्डन गरी लेखियो जय श्रीराम