थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या १७ हजार ६ सय ५८

Health-Education

नेपालमा आइतबार थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १५६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।

अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा ५८ जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६६.२४ प्रतिशत रहेको छ ।  हाल क्वारेन्टिनमा २२ हजार ६ सय ६२ जना रहेका छन् ।

अहिलेसम्म प्रदेश नम्बर १ मा  ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, बागमती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ ।